भदौं १८, काठमाडौं —प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको बुधवारको विशेष समयमा बोल्दै सांसद थापाले कार्यकारी प्रमुख लामो समय सम्म देश बाहिर बस्दा मुलुकको राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादा लगायतमा जोखिम उत्पन्न हुने बताए ।
थापाले पछिल्लो समय प्रधानमन्त्रीको शारिरीक स्वास्थ्य अवस्था कमजोर हुदै गएको र नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गनुपर्ने उनले धारण राखेका थिए ।