भदौं १८, काठमाडौं —किर्गीस्तानमा आयोजना हुने ’नादेझ्दा ’ फुटबलका लागि राष्ट्रिय महिला टिम किर्गीस्तान प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार २४ सदस्सीय नेपाली टोलीको विदाई गरेको छ । टोली बिहिबार किर्गीस्तान जान लागेको हो ।
नादेझ्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले घरेलु टिमसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । पहिलो खेलमा नेपालले किर्गिस्तानसँग भदौ २२ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ । फाइनल भदौ २६ गते हुनेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाले यस प्रतियोगितालाई नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गेम्सको तयारीको रुपमा लिएको छ ।