कपनमा ग्याङ फाइटमा परि एक जनाको मृत्यु

भदौं १८,काठमाडौं — काठमाडौंको कपनमा ग्याङ फाइट हुँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको बाराहापोखरीका १८ वर्षीय सञ्जय राई रहेको प्रहरीले जनाएको छ ।

मंगलबार राति ९ बजे कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

सञ्जयको मृत्यु भएसँगै ग्याङ फाइटमा संलग्न २ युवा पक्राउलाई प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेमा संखुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन्।