भदौ १८,काठमाडौं —सप्तरीको राजविराज नगरपालिका–६ का जुलमा मुखियाका छोरा ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई आमाले गाली गरेको रिसमा पोखरीमा हामफालेर डुबेको बताए ।
पोखरीमा हामफालेर डुबेको श्रीमती पुनमदेवी मुखियाले फोन गरि प्रहरीलाई जानकारी दिएकी थिइन् । प्रहरीले खोजतलास गरी बुधबार बिहान शव निकालेको प्रहरी नायव उपरिक्षक मिश्रले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।