भदौ १८,काठमाडौं —केपी शर्मा ओलीलाई भेट्न नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम पनि आज प्रधानमन्त्री सिंगापुर जाने भएका छन् ।
गौतम प्रधानमन्त्रीकै इच्छा अनुसार बुधबार दिउँसो १ बजे सिंगापुर जाने बताइएको छ । मंगलवार गौतम र महासचिव विष्णु पौडेल सँगै जाने कार्यक्रम रहेको थियो ।तर, गौतमले पार्टीको काम देखाउँदै अन्तिम समयमा सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए ।
प्रधानमन्त्री ओलीले नै गौतमलाई सिंगापुर आउन भनेपछि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उपचार सकिएपछि प्रधानमन्त्रीसँगै उपाध्यक्ष गौतम र महासचिव पौडेल पनि फर्किनेछन् ।
प्रधानमन्त्रीको मिर्गौलामा बढेको एन्टीबडीको मात्रा घटाउन प्लाज्मा फेरेसिस प्रक्रिया अन्तर्गत आज अन्तिम चरणको उपचार हुँदैछ ।