भदौं १७,काठमाडौं — मन्त्री उपस्थित भई सम्बोधन गर्नुपर्ने कार्यक्रम, त्यहा सहभागी नै नहूने, यस बेला मन्त्रीले के गर्लान ? यस्तो परिस्थीतीको प्रत्यक्ष अनुभव भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गरेका छन् ।
मंगलबार जनपुरमा जब उनि गणेश युवा कमिटीको अगुवाइमा मानवनिर्मित गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन पुगे त्यहा सहभागी निकै कम थिए । उनि कार्यक्रमलाई सम्बोधन नगरि फर्किए । महासेठले पूजापाठमा झण्डै ४५ मिनेट बिताए पनि सहभागी नबढेपछि नबोली फर्किएका हुन्
रामचौकस्थित धनुषसागरको पश्चिमी घाटमा नवनिर्मित गणेश मन्दिरको उद्घाटन तथा गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन मन्त्री महासेठ दिउँस १ बजे पुग्दा आयोजक संस्थाका केही सदस्य बाहेकको उपस्थिति अति न्यून थिए।