टेलिप्रिजेन्स मार्फत दोश्रोपटक मन्त्रिपरिषद बैठक

भदौं १७, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत दोश्रो पटक क्याविनेट सदस्यहरुसँग छलफल गरेका छन् ।

मंगलबार दिउँसो १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल सुर गरेको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी दिने र मन्त्रीहरुले आफ्नो कामका बारे प्रधानमन्त्रीलाई अपडेट गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।