कांग्रेस नेता चन्द्र भण्डारीले गरे पार्टीको सभापतिमा उठ्ने घोषणा

भदौं १७, काठमाडौं —नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको उपसभापति उठ्ने घोषणा गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा युवा जोस जाँगरका साथ पार्टी चलाउन उपसभापतिको घोषणा गरेको बताएका छन् ।

‘युवा साथीहरुले महामन्त्री उठ्ने कुरा गर्नुभएको छ । राम्रो कुरा हो । नयाँ स्कृप्टसहित आउनुर्पयो पुरानाले काम लाग्दैन’, भण्डारीले बैठकपछि भने, ‘तपाईँहरु महामन्त्री लड्नुहोस् म उपसभापति लड्छु । अब पुराना हिरोबाट केही हुँदैन । नयाँ हिरो नयाँ स्कृप्टसहित आउनुर्पयो ।’

बैठकमा बोल्दै केन्द्रीय सदस्य डिला संग्रौलाले मंसिरमा हुने उपनिर्वाचनले कांग्रेसको भविष्य निर्धारण गर्ने बताइन् । ‘उपनिर्वाचनलाई जनमत संग्रहको रूपमा लिँदै सम्पूर्ण आफ्ना सांगठनिक निकायलाई प्रयोग गरी अहिलेदेखि नै उपनिर्वाचनको तयारीमा जुटौँ’, उनले भनिन्, ‘यो निर्वाचन कांग्रेसले जित्न जरुरी छ। यसका लागि पार्टी्भित्र एकताको खाँचो छ।’यो समाचार आजको अन्नपुर्ण दैनिक बाट साभार गरिएको हो ।