मिटरब्याज मार्फत ठगी गर्ने श्याम परदेशी पक्राउ

भदौ १६, काठमाडौं —  पैसामा अनावश्यक (मिटरब्याज) ठगीगरेको आरोपमा सर्लाहीका श्याम परदेशी पक्राउ परेका छन् ।

प्रदेशीलाई आइतबार साझ ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले पक्राउ गरेको हो ।  उनले १ सय ५० भन्दा बढीलाई ऋण दिँदै ठगेपछि पीडितहरुले काठमाडौंमा काबारबाहीको माग गर्दै धर्ना गरेको थिए । जालझेल, ललाई फकाई, डरक्रास र करकापमा पारी किर्ते जालसाजी गरी ठगी गरेको पीडितले आरोप लगाएका थिए ।