इन्ग्लिश प्रिमियर लिग —बर्नलीलाई हराउदै लिभरपुल शीर्ष स्थानमा

भदौं १५,काठमाडौं — इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ ।

शनिबार राति भएको खेलमा बर्नलीलाई ३(० गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो ।

लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेका थिए ।
यो जितसँगै लिभरपुलले लिगमा लगातार १३ खेलमा जित निकाल्दै अपराजित यात्राको कीर्तिमान बनाएको छ ।

जितसँगै लिभरपुलले ४ खेलबाट १२ अंक जोडेको छ । र, लिभरपुल शीर्ष स्थानमा रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले अघि रहेको छ ।

पराजित बर्नली ४ खेलबाट ४ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।