भदौं १४,काठमाडौं —संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई र पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।
शनिबार विहान भेटका लागि मन्त्री भट्टराई कांग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठ पुगेका थिए । भट्टराई देउवालाई आफ्नो योजना सुनाउन र आवश्यक सल्लाह लिन भेटका लागि पुगेका हुन् ।
भेटपछि भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा देउवालाई जानकारी गराएको बताए ।
मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाले अभिरुचीका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव समेत दिनुभएको मन्त्री भट्टराईले बताए ।