भदौं १४,काठमाडौं — उदयपुरको रौतामाई गाउँपालिका– ८ पाँबुमा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।
टेक बहादुर मगरका छोरा अंदाजी १०–१२ वर्षका शेरबहादुर मगरको मृत्यु भएको हो ।शुक्रबार दिउँसो आफ्नै घरमा पिङ बनाई खेल्ने क्रममा साडीको पासो लागि मृत्यु भएको थियो ।
घटना लगतै ईलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान सुरू गरेको छ ।