भदौं १४,काठमाडौं —मोरङको लेटाङ नगरपालिका– ४ मा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाइते भएका छन ।
शुक्रबार साँझ ५ बजे समयमा बर्ष ५१ की मगमाया राईले घरायसी बिवाद हुँदा आफ्नै श्रीमान बर्ष ५१ को सुनबहादुर राईलाई खुकुरीले हात र खुट्टामा प्रहार गरी घाइते बनाएकी हुन् ।
घाईते सुन बहादुरको स्थानिय मेडिकलमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने मनमाया लाई ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।