उपत्यकासहितका जिल्लाहरुमा वर्षा जारी, सर्तकता अपनाउन मौसमविदको सुझाव

भदौं १४,काठमाडौं — काठमाडौं उपत्यका सहितका केहि जिल्लाहरुमा गएराती देखि मेघ गर्जनसहित पानी परिरहेको छ । पश्चिमी वायु सक्रिय रहेकाले केहि दिन अझै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
निरन्तरको बर्षाले नदीमा पानीको सतह बढ्ने भएकाले सर्तकता अपनाउनु पर्ने मौसमविदहरुले बताएका छन् ।