होन्डाले ल्यायो २२ लाखको ४०० एसएफ बाइक

भदौं १३,काठमाडौं —होन्डाको नयाँ बाइक सीबी ४०० एसएफ बजारमा आएको छ । २२ लाख ७५ लाख मुल्य पर्ने यो बाइकमाडीओएचसी फोर भल्व एफआई इन्जिन रहेको छ । जसले ५३ एचपीको पावर र ४०.१८ एनएमको टर्क जेनेरेट गर्छ । इन्जिनमा ६–स्पिड गियरबक्स समावेश गरिएको छ ।

होन्डा सीबी ४०० एसएफ बाइकमा १८ लिटरको इन्धन ट्यांकी छ । यो बाइक होन्डाकै सीबी १००० एसएफको रेट्रो डिजाइनबाट प्रभावित छ । यसमा सर्कुलर हेडल्याम्प, लामो सिट, रेट्रो कलर, क्रोम फिनिसिङ आदिको माध्यमबाट रेट्रो भाइब दिन खोजिएको छ ।