भदौ १३ं – दक्षिण भारतको येल्लारेड्डीमा बस्ने चाँद पाशा नामक एक व्यक्तिले आफ्नो कानबाट तीन मिनटमा ८० सेन्टीमिटरको बलून फुलाएका छन् । ती व्यक्ति कानमा भल्भ जोडेर पहेंलो बलून फुलाउँछन् ।
उनी सडकको किनारमा बस्छन् अनि कानमा भल्भ जोड्छन् र त्यो भल्भ बलूनमा जोडिएको हुन्छ । उनी नाक थुन्छन् र मुख बन्द गर्छन् र बलून फुलाउँछन् ।
उनले भने, ‘म पौडी खेल्न जान्थें र कानमा पानी भरिएको हुन्थ्यो । हावा पारेर म कानबाट पानी बाहिर निकाल्थें ।’यो क्षमताको अभ्यास गर्दै पाशाले जम्मा तीन मिनटमा ८० सेन्टीमिटरको बलून फुलाउने गरेका छन् ।
आफूलाई आवश्यक सहयोग प्राप्त भएमा गिनिज विश्व कीर्तिमान बनाउन सक्ने उनको भनाइ छ । तर अधिकारीहरूसँग सम्पर्क गर्ने र फारम भर्ने कुनै उपाय उनीसँग छैन ।
एजेन्सी