राष्ट्रपति भण्डारीद्धारा व्यवस्थापन विधेयक प्रमाणीकरण

भदौ, १३ काठमाडौं–  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित गरेकी छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।