रवि र अंगुरविरुद्ध उजुरी, अदालतको मानहानी गरेको आरोप

भदौ, १३ काठमाडौं–  ‘सिधाकुरा जनतासँग’का कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध अदालतको मानहानि गरेको आरोपमा जिल्ला अदालत कञ्चनपुरमा उजुरी परेको छ । जिल्ला अदालत कञ्चनपुरका अनुसार रविसँगै न्यूज २४ र निलम्बित प्रहरी सहायक उपरीक्षक अंगुर जिसीका नाममा पनि उजुरी परेकोे छ।

निर्मला पन्तको बलात्कारपछि गरिएको हत्यामा प्रमाण नष्ट गरेको आरोपमा निलम्बित डिएसपी अंगुर जिसीलाई निर्दोष सावित गर्ने हेतुले ‘सिधाकुरा जनतासँग’ कार्यक्रममार्फत रविले निलम्बित जिसीको अन्तर्वार्ता गरेको र अदालतले निर्दोष सावित गरेका कञ्चनपुरका दिलिपसिंह विष्टलाई रवीले दोषी किटान गरी अदालतको मानहानी हुने काम गरेको आरोपमा खड्क विष्टले उजुरी दिएका हुन् । खड्ग विष्ट दिलिप विष्टका दाजु हुन् ।

मुद्दा चलिरहेकै अवस्थामा ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी का डिएसपी जिसीको अन्तर्वार्ता लगेर अदालतको मानहानी भएको भन्ने आरोपमा जाहेरी परेको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए ।

उनले सोमवार उक्त निवेदन न्यायाधीश समक्ष पेश हुने उनले बताए ।

त्यसपछि मात्रै निवेदनको प्रक्रिया अगाडी बढ्ने छ। ‘सिधा कुरा जनता’सँग कार्यक्रममा बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी का प्रहरी नायब उपरीक्षक जिसीले निर्मला पन्तको बलात्कारपछि हत्यामा शत प्रतिशत दोषि दिलिपसिंह विष्ट नै भएको ठोकुवा गरेका थिए ।

रविले समेत दिलिपलाई बलात्कारी भएको भन्दै अपमानित शब्द प्रयोग गरेको उजुरी पत्रमा उल्लेख छ।