भदौं १२,काठमाडौं — डन्डिफोरले छालाको सुन्दरतामा कमी ल्याउँछ । क्तिपय अवस्थामा डन्डिफोर निको हुन सक्छ भने कतिपयमा भने निकै ग्राहो हुन्छ । यसबाट मुक्ति पाउन औषधि संगसंगै घरेलु उपायहरु प्नि अपनाउन सकिन्छ । घरेलु तरिकाले यसरी डन्डिफोर हटाउन सकिन्छ ।
महले डन्डिफोर हटाउने सहयोग गर्दछ । अनुहारमा १० मिनेट मह राखेर सफा पानीले धोएमा डन्डिफोरको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
घरमा सहजै रुपले पाउन सकिने फलफुल हो केरा । यसलाई मुछेर डन्डिफोर भएको ठाँउमा नियमित रुपमा लगाएर अनुहारमा लगाएर केहि समय राखेर पानीले पखाल्नु पर्दछ ।
कागतीको रसलाइए मह अर्थात पानीमा मिसाएर लगाएमा पनि डन्डिफोर को समस्याबाट केहि राहत मिल्दछ ।
गोलभेँडाको मद्दतबाट पनि डन्डिफोर हटाउन सकिन्छ । गोलभेँडाको रसलाई डन्डिफोर आएको ठाउँमा लगाएर झन्डै आधा घन्टापछि सफा पानीले धोएमा डन्डिफोर हराउँछ ।