भदौं १२,काठमाडौं — पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा संघको औपचारिक धारणासहितको पत्र पठाउँदै सरकारले कार्यान्वयन गर्न खोजेको अन्तरिक भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिन नसकिने निजी हवाई सेवा प्रदायकहरुले जनाएका छन् ।
पर्यटनमन्त्री योगेश भट्टर्राले गत बुधकार १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उक्त कार्यक्रमसहित उड्डयान क्षेत्रका सुधारका योजना सार्वजनिक गरेका हुन् ।
निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएको छ । यो समाचार कारोबार दैनिकमा छ ।