भदौ १२,काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ललिता निवास प्रकरणमा मुछिएका राजनीतिक दलका नेतासँग बयान लिन सकस भएको छ ।
ललिता निवासको जग्गालाई व्यक्तिको नाममा दर्ता गराउनका लागि दुई वटा सरकारले गरेको निर्णयलाई कूटनीतिक तवरमा हल गर्न र अन्य जग्गा किनबेचमा संलग्नलाई विशेष अदालतमा मुद्दा दर्ताको तयारी भइरहेको अख्तियार स्रोतले जनाएको छ ।
अख्तियारले हाल ललिता निवास जग्गा किनबेचमा संलग्नहरुलाई अनुसन्धान प्रक्रियामा राखेको छ । यो प्रकरणमा मुछिएका नेताहरुको हकमा बयान लिने कि नलिने भन्ने विषयमा अख्तियार प्रमुख नै सकसमा परेको स्रोतले जनाएको छ ।
आजको राजधानी दैनिकमा खबर छापिएको छ ।