भदौं ११,काठमाडौं — नाडा अटो शोको १४ औं प्रदर्शनी यतिबेला राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । मेलामा ४ पाँग्रेका २३ वटा ब्राण्डका गाडीहरु प्रदशनीमा राखिएका छन् ।
विभिन्न कम्पनीले नाडा अटो शो लक्षित गरी सार्वजनिक गरेका सवारी साधनमा शोमा राखिएका छन् । यस पटकको नाडा अटो शोमा विश्व प्रख्यात विभिन्न मोटर कम्पनीले आफ्ना पछिल्लो उत्पादन प्रदर्शन गरिरहेका छन् ।
नाडा शोमा राखिएका सवारी साधनका साथमा मोडलहरु आकर्षणको केन्द्र बनेका छन् ।
प्रर्दशनी १५ दिनसम्म चल्ने छ ।
तस्बीर रवि भित्रकोटी