भदौ ११, काठमाडौँ – रसुवा–नुवाकोट पर्यटन समाजको अध्यक्षमा बलराम न्यौपाने निर्बिरोध निर्वाचित भएका छन । बुधवार सम्पन्न साधारणसभासहितको निर्वाचनबाट न्यौपाने अध्यक्षमा निर्बिरोध भएका हुन । कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य तथा समाजका सल्लाहकार दिपक महतले रसुवा नुवाकोट पर्यटन समाजले पर्यटन क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने तथा समाजको कार्यमा नेपाल पर्यटन बोर्ड सधै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
टानका पूर्व अध्यक्ष तथा बरिष्ठ पर्यटन व्यावसायी सुमन पाण्डेले रसुवा नुवाकोट पर्यटन समाजसँग सहकार्य गरेर बृहत रुपमा गोलबद्ध गरी अघि बढ्ने र पूर्वाधार बिकासका लागि सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा बरिष्ठ पर्यटन व्यावसायीद्धय दिपक महत र सुमन पाण्डेलाई प्रमुख सल्लाहकारमा मनोनित गरिएको थियो । यस्तै सल्लाहकारमा नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाई, बरिष्ठ पर्यटन व्यावसायी बैकुण्ठ पाण्डे, गुरुङ पर्यटन व्यावसायी संघका अध्यक्ष अम्बिर गुरुङलाई मनोनित गरियो ।
समाजको अध्यक्षमा निर्बिरोध भएका बलराम पाण्डेले रसुवा र नुवाकोट क्षेत्रका पर्यटकीय गन्तव्यलाई नयाँ ढंगले प्रश्तुत गर्ने र सबैसँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको बताए । समाजको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद लामिछाने, उपाध्यक्षहरुमा कृष्णप्रसाद पाण्डे, दिनेशमान लामा, केदार तामाङ, गोविन्दराज पन्त, कुलप्रसाद न्यौपाने (सन्तोष), महासचिवमा शिव अधिकारी (अविरल), उपमहासचिवमा भुवनराज आचार्य, सचिवमा दिनेश तामाङ, सहसचिवमा रितु ग्यामम्दान र कोषाध्यक्षमा तेम्बा लामा रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा कृष्ण अधिकारी, उर्जा तामाङ, शशि लामिछाने, प्रेमराज तिम्सिना, गगनराज न्यौपाने, युवराज पण्डित, केदार गजुरेल र विपिन लामा रहेका छन् ।