भदौं ११, काठमाडौं- पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छ्न् । पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईले तोकिएको समय अगावै सम्पन्न भएमा चिनियाँ ठेकेदारलाई पोखरेलिले सम्मान गर्नुपर्ने बताएका छन् ।
झण्डै २२ अर्ब चिनियाँ ऋण सहयोगमा विमानस्थलमा १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन बन्न लागेको हो । अन्तराष्ट्रिय टर्मिनल भवनका लागि ८ हजार र डोमेस्टिक उडान प्रयोजनको लागि ६ हजार स्क्वायर गरी वार्षिक ५ लाख यात्रु क्षमतासहित टर्मिनल भवन निर्माण हुने छ । २ हजार ५ सय मिटर लम्बाई, ४५ मिटर चौडाइ भएको ‘रन वे’ को सिमेन्टेड ढलान ३४ सेन्टिमिटरको रहेको विमानस्थल आयोजना प्रमुख विनेस मुनकर्मीले बताएका छन्
सन् २०१७ को नोभेम्बरदेखि विमानस्थलको निर्माण सुरु गरिएको हो । विमानस्थलको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते गरेका थिए।