भदौ १०—स्वास्थ्योपचारका फेरि सिङ्गापुर गएका प्रधानमन्त्री केपी ओलीले टेलिप्रिजेन्सबाट अर्थात् इन्टरनेटबाट भिडिओ वार्ता गर्दै मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेपछि सामाजिक सञ्जालमा त्यसको चर्चा भएको छ।
प्रधानमन्त्रीका समर्थकहरूले ओलीले पहिलो पटक त्यसरी बैठक गरेको भन्दै त्यसलाई ’नयाँ र प्रविधिमैत्री अभ्यास’को रूपमा अर्थ्याएका छन् भने केहीले सुरक्षा संवेदनशीलता र गोपनीयताको विषय उठाएका छन्।
ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी दिइसकेको अवस्थामा बिरामी प्रधानमन्त्रीले त्यसो गर्नुलाई ’अनावश्यक धपेडी’ लिएको रूपमा समेत हेर्नेहरू छन्।
राष्ट्रिय महत्त्वका विषयमा छलफल हुने मन्त्रिपरिषद्को बैठक सामान्य अवस्थामा त्यसरी गर्नु आवश्यक नभएको तर्क पनि उठेको छ।
न देशमा आपतकाल छ, न तत्काल विति हाल्ने काम छ, सरकार प्रति जनताको बितृष्णा बढदै छ, यस्तो अवस्थामा किन यस्तो वाईहात र देखावटी तामझाममा उपचाररत प्रमलाई प्रोत्साहित गरिन्छ? @BishnuRimal जी कमसेकम तपाईंले त सहि सुझाव दिनपर्ने हो। https://t.co/g8LnQ7FAEM
— Kamal Thapa (@KTnepal) August 26, 2019
न देशमा आपतकाल छ, न तत्काल विति हाल्ने काम छ, सरकार प्रति जनताको बितृष्णा बढदै छ, यस्तो अवस्थामा किन यस्तो वाईहात र देखावटी तामझाममा उपचाररत प्रमलाई प्रोत्साहित गरिन्छ? २द्यष्कजलगच्ष्mब िजी कमसेकम तपाईंले त सहि सुझाव दिनपर्ने हो।
गोपनीयता चुहिने जोखिम कति ?
साइबर सुरक्षाविज्ञ सरोज लामिछानेका भनाइमा ’क्लाउड’को प्रयोग गरेर गरिएको भनिएको त्यस्तो बैठक आफैँले व्यवस्थापन गरिएको हो कि अन्य कसैको प्रयोग गरिएको हो भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ ।
“त्यस्तो बैठक गरिँदा त्यसको डेटा कहाँ भण्डारण हुन्छ भन्नेमा नै गोपनीयता कायम रहेन वा चुहावटको जोखिम हुने भर पर्छ,“ उनी भन्छन्।
प्रधानमन्त्री कार्यालयका सूचना प्रविधिविज्ञ असगर अली त्यस विषयमा आफूहरू सचेत रहेको बताउँछन्।
उनी भन्छन्, “यसरी हुने संवादमा सफ्टवेअर, उपकरण एवम् नेटवर्क कनेक्टिभिटी कुन र कसरी प्रयोग गरियो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।“
“यी तीनवटै पक्ष हाम्रो नियन्त्रणमा रहेकाले गोपनीयता चुहिने विषयमा चिन्तित हुनुपर्दैन ।“
टेलिप्रिजेन्सको सर्भर र ती उपकरणहरूबीच स्थापित हुने सम्बन्धका स्रोत र मार्गहरू भीपीएनमार्फत् फेरिने हुँदा त्यसको सुरक्षाबारे सन्देह व्यक्त गर्नु आवश्यक नरहेको अलीको तर्क छ ।
सन्चो बिसन्चो हालखबर लिने, न्यास्रो मेट्ने, सार्वजनिक अभिव्यक्ति दिने, औपचारिक सम्बोधन गर्नेसम्म त ठिकै हो तर Telepresence Videoconference मा मन्त्रिपरिषद् बैठक बस्ने र निर्णयहरू लिँदै जाने हो भने त्यो बिहिबारे पत्रकार सम्मेलनको ठेक्का पनि कुनै ह्याकरलाई सुम्पिदिए टन्टै साफ ! pic.twitter.com/CPFwfOtP11
— Teknarayan Bhattarai (@Teknarayan_) August 26, 2019
“कोडमा बदलिएको सामान्य भाषालाई प्रधानमन्त्री कार्यालयमा रहेको सर्भरले मात्र पहिचान गर्न सक्ने भएकाले त्यो बैठक सुरक्षित छ,“ बीबीसीले बताएको छ ।
अलीले फेसबुकमार्फत् समेत सुरक्षाका चासोबारे प्रस्ट्याएका छन्।
सामाजिक सञ्जालमा कस्ता प्रतिक्रिया?
जस्तोसुकै कठिन परिस्थितिमा समेत सक्रिय रहने भन्दै एकथरीले प्रधानमन्त्रीको प्रशंसा गरेका छन् भने अर्कोथरीले भने जे कामका लागि गएको हो त्यही गरेर स्वस्थ्य भएर फर्कन सुझाव दिएका छन्।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका ईश्वर पोखरेलको मानमर्दन भएको भनेर तर्क गर्ने एक ट्विटर प्रयोगकर्ताको टिप्पणीमा यस्तो प्रतिक्रिया आएको छ ( सम्बन्धित व्यतक्तिले आफ्नो “मानमर्दन“ भएको अनुभव नगर्दासम्म के फरक पर्छ र!
प्रविधिका अनेक सुविधा उपलब्ध भएको यस समयमा यसरी बैठक हुनु सामान्य भएको टिप्पणी गरिएको पनि छ।
आफू बिमारी हुँदा पनि तपाईंको काममा जोडिरहने इच्छाशक्तिसामु युवा हौ भन्ने हामीले धेरै सिक्नु छ ।
हार्दिक आभार प्रम 🙏🙏
चाडैं सन्चो भएर फर्कनु होला । pic.twitter.com/GqguFYhhv0— Binu Pokharel (@binuebhi) August 26, 2019
म चाहन्छु स्वास्थोपचारमा गएका प्रम पूर्ण स्वास्थ्य लाभ गरेर फर्किउन्, उनी अाराम गरून्।भिडियो कन्फरेन्सबाटै मन्त्रीपरीषद बैठकको अध्यक्षता गर्नु पर्ने बाध्यता छ र?
— Sama Thapa (@samathapa) August 23, 2019
गम्भीर छलफल र निर्णय हुने मन्त्रिपरिषद्को बैठक यस्तो हावातालको सिट-प्लान, हेर्दैमा बैठकको अजेण्डा नै नभएको र कम्प्युटर भएको कोठामा जुत्ता खोल्ने नियम लगाउने बैठक संयोजक को हुनुहुँदोरछ? यो भन्दा राम्ररी भिडियो च्याट चैँ दशैमा हर्केकै घरमा गर्छन् है, स्मार्ट पिपलहरू! pic.twitter.com/hoBTfOxy4W
— रामेश (@RaameshKoirala) August 26, 2019
देश अन्तरीक्षयुगमा प्रवेश गरिसकेको अबस्थामा प्रधानमन्त्री ज्युले सिंगापुरबाट ‘भिडियो कन्फरेन्स’ मार्फत मन्त्रीपरिषद बैठकको अध्यक्षता गर्नु अन्तरीक्षयुगको अभ्यास हो। यसलाई अतिरञ्जित नगरौँ! भोलि हाम्रो सिको गर्दै अमेरिकी राष्ट्रपति नेपाल आएर अमेरिकामा मन्त्रीपरिषद बैठक गर्न सक्छन्!
— PRADIP BHATTARAI (@pradipvattrai) August 27, 2019
बीबीसी