साफ यू–१५ मा बंगलादेशमाथि नेपालको सहज जित

भदौ १०,काठमाडौं— साफ यू–१५ च्याम्पियनसिपमा बंगलादेशमाथि नेपालले सानदार जित निकालेको छ । भारतको कल्याणीमा मंगलबार भएको समूह चरणको तेस्रो खेलमा नेपालले बंगलादेशमाथि ४–१ को गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

नेपालको जितमा कृष्ण यादवले २ गोल गरे । सुगन जिमी र प्रदीप लम्सालले १– १ गोल गरे । पहिलो हाफको इन्जुरी समयमा कृष्णको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा सुगन गोल गरे ।

७९ औं मिनेटमा बंगलादेशका मियाले एक गोल गरे । लगतै प्रदीपले गोल गर्दै ३–१ को स्थितिमा पूर्याए । अन्तिम समयमा कृष्णले दोस्रो गोल गर्दै जित पक्का गरे ।

जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । बंगलादेश तेस्रो स्थानमा छ । तीन खेलमा तीन जित निकालेको भारत शीर्षस्थानमा छ ।

अब नेपालले अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५(० गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २(० ले हराएको थियो ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।