भदौ १०,काठमाडौं— राजधानीको तापक्रम बढेर बस्न योग्य नरहन सक्ने भन्दै नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले चिन्ता व्यक्त गरेका छन् ।
सरकारको ध्यानाकर्षण गराउदै प्रतिनिधि सभाको मंगलवारको बैठकको शुन्य समयमा उनले वन फँडानी र भूमाफियाका कारण राजधानी बस्न लायक नरहन सक्ने बताए ।
’राजधानीको वरिपरि डाँडामा र्हेयो भने भूमाफिया र बालुवा उत्खनन् गर्ने व्यवसायीले काठमाडौंको सबै हरियाली मास्ने क्रममा डाँडापाखामा जग्गा प्लटिङदेखि रुख काट्ने काम भइरहेको छ,’ उनले भने, ’काठमाडौंमा सबै जलाधार क्षेत्र र डाँडापाखामा रुख फँडानी गर्ने हो भने काठमाडौं भुङ्ग्रोमा बसेको ताप्के जस्तो भई तापक्रम वृद्धि भएर बस्न योग्य नरहनसक्छ ।’