भदौं १०, काठमाडौं -अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको पहिलो प्राथमिकता विद्युतीय सवारी रहेको बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा सवारी तथा सवारीजन्य वस्तुहरुको ‘कुम्भमेला’ ’नाडा अटो शो २०१९’ को उद्घाटन गर्दै खतिवडाले पहिलो प्राथमिकतामा विद्युतीय सवारी र गाडी एसेम्बलिङ उद्योग रहेको बताएका हुन् ।
उनले २० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) गर्न चाहनेलाई सरकारले अवस्था हेरेर छुट दिँदै जाने उनले व्यवसायीसमक्ष प्रतिबद्धता समेत जनाएका छन् ।
उनले भने ’सवारी व्यवसायमा आयातलाई भन्दा उत्पादनमा सरकारले जोड दिन्छ,’ । नाडा अटो मोबाईल्स नेपालको आयोजनामा भृकुटीमण्डपमा भदौ १० देखि १५ गतेसम्म हुने छ ।