भदौं ९,काठमाडौ — सर्वोच्च अदालतले नीजि दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको पक्षमा फैसला गरेको छ । एनसेलबाट ३९ अर्ब रुपैयाँ लाभकर असुल्ने ठूला कर दाता कार्यालयको निर्णयलाई खारेज गर्दै सर्वोच्चले एनसेलको पक्षमा फैसला गरेको हो ।
सोमबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले ३ वैशाखमा ठूला करदाता कार्यालयले गरेको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरेको हो । अब एनसेलले ३९ अर्ब रुपैयाँ लाभकर तिर्नुनपर्ने भएको छ ।
एनसेलले ठूला करदाता कार्यालय ललितपुर र कर अधिकृत ओमप्रकाश भट्टराईलाई विपक्षी बनाइ वैशाख २५ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । एनसेल प्राइभेट लिमिटेडका तर्फबाट रमेश घिमिरेले रिट दायर गरेका थिए । उक्त मुद्दामा सर्वोच्चको पूर्ण इजलासको बहस पटक पटक सर्दै आएको थियो ।
ललितपुरस्थित ठूला करदाताको कार्यालयले तोकेको ६२ अर्ब ६३ करोड रुपैयाँ लाभकरमध्ये एनसेलले करिब ३९ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरेको थिएन । एनसेलले भने अब १४ अर्ब रुपैयाँ मात्रै लाभकर तिर्न बाँकी रहेको दावी गरेको छ । सर्वोच्चको आदेशसँगै एनसेलले अब १४ अर्ब रुपैयाँमा मात्रै तिर्नेछ ।