भदौं ९,काठमाडौं — सोमबार इतिहासमा नै पहिलो पटक भिडियो कन्फेन्समार्फत् मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाले भिडियो कन्फ्रेन्समार्फत बैठक बस्न लागेको हो।
दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद बैठक बस्ने भएको हो । बैठकको अध्यक्षता पनि प्रधानमन्त्रीले नै गर्ने भएका छन् ।