बैंकहरूको आधार ब्याजदर ९.५ प्रतिशतमा सिमित

भदौं ९,काठमाडौं — गत आर्थिकवर्षमा वाणिज्य बैंकहरूको आधार ब्याजदर करिब एक प्रतिशतले घटेको छ ।
बैंकहरूको आधार ब्याजदर गणना विधिमा भएको परिवर्तन तथा निक्षेपको ब्याजदरमा बैंकहरूको भद्र सहमतिका कारण आधार ब्याजदर घटेको हो ।
आधार ब्याजदर घट्दा कर्जाको ब्याजदरमा समेत कमी आउने भएकाले यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दछ ।

बैंकहरूको आधार ब्याजदर बढ्दा बजारमा महँगी बढ्न जान्छ । लगानीकर्ताले बैंकबाट उच्च ब्याजदरमा कर्जा लिनुपर्दा त्यसबाट उपभोक्तामा समेत असर पर्छ । त्यसका साथै कर्जा प्रवाहको अनुपातमा पनि कमी आउन सक्छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरूले आधार ब्याजदर गणना गर्दा सम्पत्तिमा भएको प्रतिफल जोड्न नपाउने व्यवस्था गरेको छ । यसअघि बैंकहरूले सम्पत्तिमा भएको प्रतिफलवापत ०.७५ प्रतिशत आधार ब्याजदर गणना गर्दा समावेश गर्न पाउने व्यवस्था थियो ।साभार कारोबार दैनिक