भदौं ८, काठमाडौं — प्रदेश नम्बर ३ की प्रदेश सांसद भावना सुवेदीको पाकेट मारेको आरोपमा एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङ रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले गौशालाबाट पक्राउ गरेको हो ।
सुवेदीले परिचय पत्र, एटिएम कार्ड तथा नगर ७ हजार ३ सय समेत चोरी भएको भन्दै उनले महानगरीय प्रहरी वृत्त जनसेवामा दिएको निवेदन दिएको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।