लोकतन्त्र संकटमा परेको भन्दै कम्युनिस्टलाई सिध्याउनुको बिकल्प नरहेको देउवाको भनाई

भदौं ७,काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार पूर्ण प्रजातन्त्र भन्दा फरक दिशामा गइरहेको दावी गर्दै लोकतन्त्रको रक्षाका लागि कम्युनिस्टलाई सिध्याउनुको बिकल्प नरहेको बताए ।

सुर्खेतको वीरेन्द्रनगरमा आज पत्रकारहरुसँग कुुरा गर्दै सभापति देउवाले लोकतन्त्र संकटमा परेको भन्दै सर्वसत्तावादी कम्युनिष्ट पार्टी बिरुद्ध आन्दोलीत बन्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले ओली सरकार शक्तिशाली भएर पनि भ्रष्टाचारीको अगाडी निरिह बनेको टिप्पणी गरेका छन् । गाउं गाउंमा उपभोक्ता समितिका नाममा बजेट सिध्याउने क्रम बढेको र सरकारले करको दर तथा दायरा बढाएर सर्वसाधारणलाई मारमा पारेको देउवाले आरोप लगाए । अब अन्तिम पटक कम्युनिस्ट शासन अन्त्यका लागि लड्ने बेला आएको उनको भनाई छ ।

देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध कुनै कदम नचाल्न सरकारलाई चेतावनी समेत दिए ।