सगरमाथा मापनको नतिजा पुससम्म आउने

भदौं ७,काठमाडौं — नापी विभागले सगरमाथा मापनको ९० प्रतिशत काम सम्पन्न गरेको छ । आउँदो पुससम्ममा सगरमाथा मापनको नतिजा सार्वजनिक गर्ने विभागको समय तालिका रहेको छ ।

तराईदेखि हिमाली क्षेत्रसम्मका तथ्याङ्क सङ्कलन भइसकेको छ भने वर्षाका कारण पहाडी क्षेत्रको काम रोकिएको छ ।

विभागले असारसम्ममा फिल्डको काम सक्ने तालिका तय गरे पनि त्यसो हुन सकेन । वर्षाका कारण काम गर्नसक्ने अवस्था नहुँदा फिल्डको १० प्रतिशत काम रोकिएको हो ।

फिल्डको काम असारसम्म सक्ने योजना रहेको भए पनि वर्षाका कारण समयमा सम्पन्न गर्न नसकेको बिभागले बताएको छ । पुससम्ममा उचाइ मापनको नतिजा सार्वजनिक गर्नका लागि समय निर्धारण गरिएको छ ।