आज कृष्ण जन्माष्टमी—पाटनको कृष्ण मन्दिरमा खिचिएका ६ तस्विर

भदौं ६, काठमाडौं—हरेक बर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

पाटनको मङ्गलबजार स्थित कृष्ण मन्दिरमा बिहानै देखि भक्तजनहरुको भिड लागेको थियो । कृष्णको पुजा गर्नुका साथै मंदिर परिसरमा नाँचगान गर्दै भक्तहरु रमाइहेका थिए । भक्तजनको सुरक्षाका लागि सुरक्षा व्यवस्था गरिएको थियो । नेपाल प्रहरी, स्थानीय बासिन्दा, ट्राफिक प्रहरी, नेपाल स्काउट, रेडक्रस तथा स्थानीय क्लबले भक्तजनलाई दर्शनमा सहज बनाउने ब्यबस्था गरिएको थियो ।

तस्विर— रवि भित्रकोटी