भदौं ५,काठमाडौं — सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले आज भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका ३५ निर्णयहरु सार्वजनिक गरेका छन् ।
निर्णयहरु सार्वजनिक गर्दै मन्त्री बास्कोटाले सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको जानकारी दिएका हुन् । मन्त्रिपरिषद बैठकले द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ । त्यस्तै नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने लगायतका निर्णयहरु गरेको छ ।