भोलि सार्वजनिक बिदा

भदौं ५,काठमाडौं —   प्रदेश २ सरकारले हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यस वर्षको श्रीकृष्ण जन्माष्टमी शुक्रवार परेको छ ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बिहीवार शुभकामना सन्देश जारी गर्दै भोलि शुक्रवार प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएका छन् ।