भदौं ४, काठमाडौं — हिन्दु धर्मालम्बी महिलाहरुको महान चाड तीज नजिकिदै जाँदा तिज विशेष कार्यक्रम एक पछि अर्को सार्वजनिक भएका छन । गाँउघरमा मादलको तालमा तीज गीत घन्किन थालिसकेको छ भने शहरमा विभिन्न संस्थाले तीज कार्यकम वनाएका छन ।
यहि तीजको अवसरमा हङकङमा वसेका नेपालीहरुले पनि कार्यक्रम आयोजना गरेका छन । तीजमा नेपाल आउन नसके पनि नेपाल रहदाका तीजका पलहरु सम्झिदै नेपाली संस्कृतिमा रमाउन चेलिवेटीका लागि हङकङ नेपाली अल्पसंख्यक संगठनले आगामी भदौ ७ गते हङकङ स्थित इन्डिया क्लब जार्डनमा कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
करिव १ सय ५० जना सहभागि हुने अपेक्षा गरिएको उक्त कार्यक्रममा नेपालमा महिला अधिकारका क्षेत्रमा क्रियाशिल सरु सुनारसंग महिला सशक्तिकरण सम्वन्धी अन्तरक्रिया गरिने संगठनका अध्यक्ष गोविन्द विकले जानकारी दिएका छन ।
अध्यक्ष विकका अनुसार कार्यक्रमा तीज विशेष सांस्कृतिक प्रस्तुति त छदैछ यसमा थप रमाइलोका लागि लक्की ड्र मार्फत आर्कषक सुनका उपहार वितरण गरिने छ ।