रवि पत्नी निकिताले दिएको उजुरी प्रहरीद्धारा अस्वीकार

भदौं ४,काठमाडौं —   पत्रकार  रवि लामिछोनेकी श्रीमती निकिता पौडेलले प्रहरी र पत्रकार विरूद्ध दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

रवि पत्नी निकिताले भिडियो कीर्ते गरेको भन्दै काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी छन् । तर प्रहरीले उजुरी दर्ता नगरेको अभिवक्ता राजेन्द्र सेढाइले बताए ।

शालिकरामको आत्महत्या अघिको भिडियो किर्ते गरेको दाबि गर्दै निकिता जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल विरुद्ध जाहेरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् ।

उता प्रहरी उपरिक्षक अशोक सिंहले प्रहरीको क्षेत्राधिकारभित्र नपर्ने बताउदै जाहेरी दर्ता नगरेको बताए । उनका अनुसार सो प्रकृतिको केस अदालतको हेर्न सक्छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र २७७ अनुसार उजुरी तयार पारिएको छ । अधिवक्ता सेढाइले प्रहरीले उजुरी दर्ता नगरे सरकारी वकिल कार्यालय वा हुलाकमार्फत् जाहेरी दर्ता गरिने बताए । प्रहरीले भने उजुरीबारे छलफल भइरहेको र छलफलपछि दर्ता गर्ने कि नगर्ने निर्णय हुने जनाएको छ

पत्रकार पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा मृत फेला परेका थिए । पुडासैनीले आत्महत्या अघि खिचेको भिडियो सार्बजनिक भएपछि प्रहरीले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।