भदौं ३,काठमाडौैं — नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक लगाएको छ ।
जहाजमा राखिएका पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि प्राधिकरणले एयरलाइन्सका जहाज उडानमा रोक लगाएको हो ।
पाटपुर्जा मनोमानी प्रयोग गरेको र यसले गर्दा हवाइ सुरक्षामा गम्भीर असर गरेको भन्दै प्राधिकरणले भदौ ३ गतेदेखि उडानमा रोक लगाउने निर्णय गरेको हो । यस कम्पनीसँग ४ वटा जहाज रहेका छन् ।