अरुणखोलामा डाइभर्सन बगाउँदा महेन्द्र राजमार्ग ठप्प

भदौं २,काठमाडौं — पूर्वी नवलपरासीस्थित महेन्द्रराजमार्गको अरुणखोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन सडक बाढीले बगाएका कारण अवरुद्ध रहेको महेन्द्र राजमार्गमा १६ घण्टादेखि यातायात ठप्प भएको छ ।

राजमार्ग ठप्प हुँदा महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका हजारौ यात्रु अरुणखोलादेखि पूर्व र पश्चिमको जंगलमा अलपत्र छन् ।

आइतबार साँझ ५ बजेपछि लगातारको वर्षात्का कारण अरुणखोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो ।

पुलमा क्षति भएपछि राजमार्ग खुलाउन बनाइएको अस्थायी डाइभर्सन सडक खण्ड बाढीले बगाएका कारण महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका यात्रु अरुणखोलमा अलपत्र परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।