भदौं १,एजेन्सी — अफगानिस्तानमा एक बिवाह समारोहमा विस्फोट हुँदा ६३ जनाको मृत्यु भएको छ । राजधानी काबुलमा भएको विस्फोटमा १८० जनाभन्दा बढी घाइते भएका छन् ।
विस्फोट स्थानीय समयअनुसार राति २२ः४० बजे भएको थियो । विवाह समारोहमा जमघट भइहरेको समयमा विस्फोट गराइएको सिन्हवाले जनाएको छ । राहिमीका अनुसार हासम्मस कसैले आक्रमणको जिम्मेवारी लिएको छैन् ।