साउन २७, काठमाडौं– झापामा नेत्रविक्रम चन्द समूहका १७ कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो ।
सो समूहले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमकलगायत विभिन्न स्थानमा एनसेलका टावरमा आगजनी तथा विष्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।