साउन २७, काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई ४–० गोलअन्तरले हराएको छ ।
आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई लज्जास्पद रुपमा हराउदै जीत हासिल गरेको हो ।
खेलको १८औं मिनेटमा गोल गरेका राष्फोर्डले म्यान्चेस्टर युनाइटेडलाई पहिलो हाफसम्म अग्रता राख्न सफल भए ।
खेलको ६५औं मिनेटमा एन्थोनीले र त्यसको दुई मिनेटपछि ६७औं मिनेटमा राष्फोर्डले अर्को गोल गरेपछि युनाइटेडले ३–० गोलको अन्तरले अग्र स्थानमा रह्यो ।
८१औं मिनेटमा जेम्सले गोल गरेपछि युनाइटेडले चेल्सीलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो ।