साउन २५, नयाँ दिल्ली – भारतमा एक नेपालीको हत्यामा फरार एक भारतीय पक्राउ परेका छन् ।
गत जुुन महिनामा दिल्लीमा एक नेपालीको हत्या गरी फरार हरबीर नाम गरेका व्यक्तिलाई हातमा रहेको ट्याटूका कारण प्रहरीले पक्राउ सफल भएको हो ।
बहुरुपी भेषमा उनलाई प्रहरीले हत्याको अभियोगमा धेरै लामो समयदेखि खोजी गर्दै आएको थियो ।
मदिरा सेवनका क्रममा लठिएपछि एक नेपालीले भारतीय नागरिकको पैसा लुट्न खोजेपछि झगडा भई हरबिरले ढुङ्गाले हानेर ती नेपालीलाई हत्या गरी फरार भएका थिए ।
हत्या भएको ठाउँ नजिकै दारुको लेबलमा रहेको बारकोडका आधारमा प्रहरीले उनीहरुले रक्सी किनेको दारु दुकान पत्ता लगाई सीसीटिभी फुटेजबाट मृतक र हत्याराको पहिचान भएको थियो ।
रक्सी किन्न भेष बदलेर हत्यारा हरबिर त्यही दुकान पुगेका वेला प्रहरीले दारु दुकानको कडा निगरानी र सीसीटिभीको फुटेजबाट उनको हातमा रहेको ट्याटूका आधारमा प्रहरीले हरबिरलाई पहिचान गरी पक्रन सफल भएको थियो ।
पक्राउ परेका हरबिरलाई दिल्ली प्रहरीले नियन्त्रण लिई कानूनी प्रक्रियामा लगिएका प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।