पुर्वी नवलपरासी नवलपुरबाट लागु औषध दुई सहित जना पक्राउ

साउन २५, नवलपरासी – पुर्वी नवलपरासी नवलपुरबाट लागु औषध दुई सहित जना पक्राउ परेका छन् ।

नवलपरासीको मध्यविन्दु नगरपालिका–८ फूलबारीस्थित पूर्वपश्चिम राजमार्गबाट कास्की पोखरा महानगरपालिका–१८ घर भएका २० वर्षीय कृष्ण गुरुङलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।

भैरहवाबाट पोखरा जाँदै गरेको ना५ख ८६९८ नंको बसमा लुकाएर लगेको लागुऔषध सहित गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

गुरुङको साथबाट प्रहरीले डाइजेपाम २५८ एम्पुल, नुफिन २५८ एम्पुल र फेनेरागन २५८ एम्पुल गरी ७७४ एम्पुल लागुऔषध बरामद गरेको हो ।

त्यसैगरी मध्यविन्दु नगरपालिका–१० अरुणखोला बजारबाट प्रहरीले आजै अर्का एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

ना५२प २७०७ नंको स्कुटरमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने ३२ वर्षीय कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट डाइजेपाम ३६ एम्पुल, नुफिन ३६ एम्पुल र प्रोमाथाइजन ३५ एम्पुल गरी १०७ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

पक्राउ परेका दुवै जनामाथी जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले थप अनुसन्धान गरिरहेको छ ।