साउन २५, काठमाडौं – नेपाली सेनाका सेनानी (मेजर) अजितप्रताप सिंह डेढ ग्राम लागूऔषध ब्राउन सुगरको साथमा पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले इटहरीको हलगढामा स्थित सेनाको पूर्वी पृतना छेऊबाट सिंहलाई शनिबार पक्राउ गरेको थियो ।
सिंह पक्राउ परेको पुष्टि गरे पनि उनी सैनिक अधिकृत भएको नभएको छानविन भइरहेको इटहरीका डीएसपी समिरचन्द्र खरेलले बताए ।
मेजर सिंह साँझ ६ बजे पृतनाबाट बाहिर निस्किएको वेला सर्पदंश केन्द्र छेउबाट प्रहरीले लगेको सैनिक स्रोतले जनाएको छ ।