काश्मिरी मुद्धामा पाकिस्तानलाई चिनले साथ दिने : पाकिस्तानी विदेश मन्त्री कुरैशी

साउन २५, काठमाडौं – भारत प्रशासित क्षेत्र कश्मीरका विषयमा भारत सरकारले लिएको निर्णयको चर्चाले  विभिन्न देशका धारणामा पनि मत भिन्नता आएको छ।

पाकिस्तानले काश्मिरलाई लिएर अन्तर्रा्ष्ट्रिय समुदायको समर्थन जुटाउने कोशिष गरिरहेका वेला चीनले कश्मीर घटनाको विषयमा पाकिस्तानलाई साथ दिने भएको हो ।

चीन पुगेका पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरैशी र चीनका विदेशमन्त्री वांग यीसँगको भेटवार्तापछि कश्मीर विषयमा चीनले पाकिस्तानलाई साथ दिने भएको बताइएको छ ।

कश्मीरका विषयमा भारतले लिएको निर्णयले धेरै मानिस खतरामा परेको टिप्पणी चीनले गरेको कुरैशीले उल्लेख गरेका छन् ।

विदेशमन्त्री कुरैशीले चीन भ्रमणमा भएको भेटवार्ता र छलफलका विषयहरु ट्वीटमार्फत सार्वजनिक गर्दै पाकिस्तान र चीनबीचको सम्बन्ध बलियो भएको बताएका छन् । https://twitter.com/SMQureshiPTI/status/1159870565202763776