शुक्रबार धादिङको सलाङघाटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८

साउन २५, काठमाडौं – शुक्रबार बिहान धादिङको बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका २ जनाको मात्रै सनाखत भएको र बाँकी एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस शुक्रबार बिहान सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै र दुई जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।