साउन २४, काठमाडौं –आदिवासी जनजातिका अधिकारमा क्रियाशील विभिन्न संघ, संस्थाले विभिन्न कार्यक्रम अन्तर्रा्ष्ट्रिय आदिवासी दिवस मनाएका छन् ।
आदिवासी जनजाति महासंघको अगुवाइमा आज शुक्रबार राजधानी काठमाडौंमा आफ्ना विविध भेषभूषा र पहिचान झल्किने झाँकी प्रदर्शन गरी अन्तर्रा्ष्ट्रिय आदिवासी दिवस मनाएका हुन् ।
महासंघले राजधानीको माइतीघरमा कोणसभा गरी आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
माइतीघर मण्डलामा उनीहरु आदिवासी तथा जनजातिको पहिचान झल्किने बाजागाजासहित नाचहरु पनि देखाएका छन् ।
आदिवासी तथा जनजातिको पहिचान र अधिकारी प्राप्तीका लागि संघर्ष गरिरहने महासंघले जनाएको छ ।